भदौ २४,काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले ३ दिनका लागि बजेट निकासा रोकेको छ ।
कार्यालयले मातहतका निकायमा पत्राचार गर्दै भदौ २४ देखि २६ गतेसम्म सबै मतहतका कार्यालयमा बजेट निकासा नगर्न निर्देशन दिएको हो । कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश नियन्त्रक कार्यालय र प्रदेश इकाइ कार्यालयहरुलाई पत्र लेखेर मातहतका कार्यालयलाई निकासा गर्न नदिन भनेको छ ।
परिवर्तन भएका कार्यक्रममा बजेट निकासा गरेमा बजेट माग गर्ने र निकासा दिने अधिकारी जिम्मेवार हुनुपर्नेमा महालेखाले अनुरोध गरेको छ ।
FACEBOOK COMMENTS