काठमाडौं । न्यायालयमा बारको अवरोधले चण्डेश्वरको मुठ्ठी कसिलो नहुने भएपछि अब भने अदालत नियमित सुचारु हुने संकेत मिलेको छ । २२ दिनदेखी प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको राजीनामा माग गर्दै आन्दोलन गरिरहेका न्यायाधीशहरुको आन्दोलनका दिन बढे सङ्गै आन्दोलनमा उत्रिने न्यायाधीशको संख्या भने घटिरहेको छ ।
न्यायाधीशहरु ईजालासमा फर्किएसङ्गै सेवाग्राहीको सर्बोच्चको गेटमा बाक्लो उपस्थिति हुन थालेको छ । असन्तुष्ट देखिएका न्यायाधीशहरुले मुद्दा नहेरी आन्दोलन र धर्ना दिदै गर्दा स्वतन्त्र कानुन व्यवसायिले पीडित सेवाग्राहीको मुद्दा निशुल्क हेरिदिने विग्यप्ती नै जारी गरेको छ । यसले गर्दा पिडित सेवाग्राहीलाई केही राहत पुगेको छ ।जब गोला प्रथा र अटोमेसमा जाने कुरा आयो तब न्यायाधीशहरु बिच धेरै कुरा बाँझीन थाल्यो त्यसपछी कानुनको पुस्तक समातेर न्यायको वकालत गर्नेहरुले पछि आफूलाई आईपर्ने झन्झटीला समस्यालाई छर्लङ्ग बुझे र समयमै सचेत भए ।
प्रतिवेदनमा उल्लेख भए बमोजिम गोला प्रथामा जान स्वयं प्रतिवेदन तयार पार्ने र भावी प्रधानन्याायधीशका दाबेदार हरिकृण्ण कार्की नै तयार नभएपछि सर्वोच्च भित्रको रहस्य अन्तै मोडियोे ।धेरै न्यायाधीशले बुझेकी गोला प्रथा हटाइएमा आफ्नो कार्यकालको अवधिमा आफ्नो भुमिका ओरालो लाग्छ र शून्य विन्दुमा पुग्छ ।
त्यसैले पनि जबरजस्ती कालोपट्टी हातमा बाँधेर आफूलाई अन्धकारमा राख्नु उचित सोचेनन् । अब हातको मात्र होईन आँखाको पनि कालो पट्टी खुलेको र कुनै पनि कुरामा नबहकिने अडान लिदैँ निरन्तर रोकिएका पेशी मुद्दा हेर्ने र सुनुवाई गर्ने जाकारी अघोषित रुपमा इजलास बहिष्कार गरेका सर्वोच्च अदालतका न्यायाधीशहरुले कर्पोटर खबरलाई दिएका छन् ।
FACEBOOK COMMENTS