काठमाडौं, १८ भदौ । प्रभु बैंकको सञ्चालक समितिले क्यापिटल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडलाई प्राप्तिसम्बन्धी प्रारम्भिक समझदारी पत्र अनुमोदन गरेको छ।
भदौ १७ गते बसेको सञ्चालक समितिको २२२औं बैठकले बैंकको मर्जर एक्विजिसन समितिको सिफारिसलाई अनुमोदन गरेको हो। बैंकले प्रारम्भिक समझदारी पत्र अनुमोदन गरेको जानकारी नेपाल स्टक एक्सचेन्जलाई गराइसकेको छ ।बैंकको चुक्ता पुँजी ११ अर्ब ३४ करोड रुपैयाँ रहेको छ भने क्यापिटल मर्चेन्टको ९३ करोड ५० लाख रुपैयाँ रहेको छ।
FACEBOOK COMMENTS