काठमाडौँ । द ब्रिटिस कलेज र युकेको उपकेयर हेल्थ लिमिटेडबीच सम्झौता भएको छ ।
सम्झौता अनुसार अब उपकेयरले द ब्रिटिस कलेजमा अध्ययनरत विद्यार्थी र कार्यरत कर्मचारीहरुलाई प्राथमिक हेल्थकेयर उपलब्ध गराउनेछ ।
बेलायतमा रहेको उपकेयरले दक्षिण एसियामा प्राथमिक स्वास्थ्य सेवालाई रूपान्तरण गर्न क्रान्तिकारी डिजिटल प्लेटफर्म प्रयोग गर्दै आइरहेको छ । यो संस्था ब्रिटिस चिकित्सक र इन्जिनियरहरुले समतामूलक, पहुँचयोग्य र गुणस्तरीय स्वास्थ्य सेवा प्रदानगर्नका लागि स्थापना गरेका हुन् ।
उपकेयरले बिरामी–केन्द्रित र व्यापक र आर्टिफिसियल इन्टेलिजेन्समार्फत संचालित डिजिटल स्वास्थ्यप्लेटफर्मको विकास गरेको छ । यो सम्झौत अनुसार द ब्रिटिस कलेजमा कार्यरत कर्मचारी र अध्ययनरत विद्यार्थीहरूको लागि उपलब्ध हुनेछ । उनीहरूलाई प्राथमिक स्वास्थ्य सेवा सम्बन्धि सुविधाहरु व्यवसायिक स्वाथ्यकर्मीहरुबाट मिल्नेछ ।
यस प्लेटफर्मबारे जानकारी दिदैँ प्रमुख चिकित्सा अधिकारी र उपकेयर हेल्थका सह–संस्थापक डा नाथले भने, ‘दुर्भाग्य भन्नुपर्छ, नेपाल र अन्य दक्षिण एसियाली देशमाप्राथमिक स्वास्थ्य सेवालाई महत्वका साथ हेरिदैन । ९० प्रतिशत स्वास्थ्य समस्याहरु प्राथमिक स्वास्थ हेरचाहबाट नै समाधानगर्न सकिन्छ । आम मानिसहरूलाई कसरी स्वस्थ, सुखी जीवन बिताउन सकिन्छ त्यस कार्यमा हामी काम गर्दै आइरहेका छौँ ।’
ब्रिटिस कलेजसँगको सम्झौताबारे बोल्दै,उपकेयर हेल्थकेयरकीसिइओ र सह–संस्थापक डा। सुमित्रा काफ्ले भन्छिन्,‘ ‘ब्रिटिश कलेजसँग काम गर्न पाउँदा हामी निकै उत्साहित छौँ । पहिलो भेटमा नै विद्यार्थी र कर्मचारीहरूको समग्र स्वास्थ्य सेवालाई लिएर कलेज प्रतिवद्ध रहेको हामीले पायौँ । आमा बाबुका आफ्ना सन्तानका लागि दुईवटा कुराहरु राम्रो शिक्षा, राम्रो शारीरिक र मानसिक स्वास्थ्य महत्वपुर्ण ठान्छन् । अब ब्रिटिश कलेजले अभिभावकहरूलाई यो विश्वास दिलाउनेछ ।’
ब्रिटिस कलेजमा अध्ययनरत विद्यार्थीहरु र कार्यरत कर्मचारीहरुलाई स्वास्थ वातावरण निर्माण गर्नका लागि नियमित रूपमा विभिन्न कम्पनीहरूसँग सम्झौता गर्दै आइरहेको छ । विद्यार्थीहरूको लागि नयाँ सम्भावनाहरू अगाडि बढाउन कलेजले विभिन्न क्षेत्रसँग हातेमालो समेत गर्दै आइरहेको छ ।
ब्रिटिस कलेजका सिईओ तथा संस्थापक राजन कँडेलले भने, “युनिभर्सिटी प्राइमरी हेल्थकेयर बेलायतमा अध्ययन गर्ने विद्यार्थीका लागि सुनौलो मापदण्डको प्रावधान हो । हामी आफैँले पनि यो सम्झौता मार्फत हाम्रा विद्यार्थीहरूलाई ब्रिटिश अनुभव दिने प्रतिबद्धता गरेका छौँ । यसका लागि उपकेयर बाहेक अर्को विकल्प हुनसक्दैन ।
FACEBOOK COMMENTS