काठमाडौँ । द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ परेका छन् ।
कलेजको व्यवस्थापनसँग ३० लाख रुपैयाँ मागेको र नदिए कलेज नै बन्द गराइदिने धम्की दिएका काभ्रेपलाञ्चोक जिल्ला चौंरीदेउराली गाउँपालिका वडा नं. ४ स्थायी घर भई हाल जोरपाटी बस्दै आएका वर्ष २८का ढकाल पक्राउ परेका हुन् ।
कलेज बन्द गर्न राजनीतिक र प्रशासनिक पहुँच प्रयोग गर्ने धम्की दिँदै रकमको बार्गेनिङ गर्ने ढकाल मुलुकीअपराध संजहता, २०७४ को दफा २५३ बमोजिम आपराजधक लाभ (एक्सिसइन) सम्बन्द्धी कसूरमा पक्राउ परेको बताईएको छ । ढकालले २०८२ साल पुस १६ र १७ गते नक्सालस्थित एक होटलमा कलेजको व्यवस्थापकसँग भएका भेटघाटका
क्रममा डर, त्रास र दबाब सिर्जना गर्दै रकम नदिए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए । ढकालविरुद्धसामाजिक सञ्जाल तथा सीमित अनलाइन समाचार पोर्टलमार्फत कलेजको प्रतिष्ठा, विश्वसनीयता र छविमानकारात्मक प्रभाव पार्ने सामग्रीहरू फैलाएको आरोप पनि लगाइएको छ ।
त्यस्तै, गत पुस ८ गते ब्रिटिश कलेजरहेको भवन ट्रेड टावर परिसरमा नारा जुलुस, तोडफोड तथा सवारी साधनमा क्षति पुर्याउने गतिविधिमा ढकालपनि संलग्न भएको आरोप लगाइएको छ ।
ढकाल किल युनिभर्सिटीको सम्बन्धनमा सञ्चालन भइरहेको ब्रिटिश इन्टरनेशनल कलेजका पूर्व विद्यार्थी समेत हुन्। उनले कलेजलाई तिर्नुपर्ने शुल्क समेत भुक्तानी नगरेको बताइएको छ ।

पीडित पक्षले दिएको जाहेरीमा धम्कीपूर्ण ह्वाट्सएप म्यासेज, अडियो रेकर्डिङ, समाचार सामग्रीका लिङ्क तथा अन्य कागजातहरू प्रमाणका रूपमा प्रहरीसमक्ष पेश गरिएको थियो । सोही आधारमा ढकाल पक्राउ परेका हुन् ।

FACEBOOK COMMENTS