काठमाडौं, ११ असोज – गियर इन्डिकेटरमा समस्या देखिएकाे बुद्ध एयरकाे जहाज केही समय अघि सकुसल रुपमा अवतरण गरेकाे छ । विराटनगरमा अवतरण गर्ने क्रममा जहाजमा ल्याण्डिङ गियरका लागि रहेकाे दुईवटा इन्डिकेटरमा सेकेण्डरी इण्डिकेटरमा सबै ठिकठाक तर प्राइमेरी इन्डिकेटरमा संकेत नदेखिएपछि क्याप्टेनले जहाज तुरुन्तै काठमाडौंमा फर्काउने निणर्य गरेका थिए ।
काठमाडौं आकाशमा आइसकेपछि क्याप्टेनले बुध्द एयरको टेक्निकल टिमको रेडियो सम्पर्कमा ल्याण्डिङ गियर चेकजाँच गर्दा सही र झरेको जानकारी पाएपछि अन्तर्राष्ट्रिय तथा नागरिक उड्डयन प्राधिकरणले जारी गरेको दिशा निर्देशिका अनुसार काठमाडौं विमानस्थलमा सुरक्षितसाथ जहाजलाई ‘नर्मल’ अतवरण गराइएकाे बुद्ध एयरले जनाएकाे छ ।
बुद्ध एयरकाे अनुसार जहाजमा रहेको इन्धनलाई कम गर्न केही बेर काठमाडौंको आकाशमा फन्को मारी सबै सुरक्षा मापदण्ड पुरा गरी सुरक्षितसाथ अवतरण गरिएकाे हाे ।
बुद्ध एयरले यस क्रममा यात्रुहरुमा पर्न गएको असुविधाप्रति माफी मागेकाे छ र साथसाथै सुरक्षित अवतरणका लागि तयारी अवस्थामा रहेका नेपाल प्रहरी, नेपाल सैनिक, नागरिक उडड्डयन प्राधिकरण, अग्नि नियन्त्रक टोलीका साथ सबैमा धन्यवाद व्यक्त गरेकाे छ ।
आज बिहान काठमाडौंबाट विराटनगर गएको बुद्ध एयरको जहाजमा समस्या भएपछि पुनः काठमाडौं फर्किएको थियाे । उक्त जहाजमा व्यस्क ६८, बच्चा २, इन्फ्याण्ट ३ जना गरी ७३ जना यात्रु रहेको थियो ।
FACEBOOK COMMENTS