नेपाली कांग्रेसले उम्मेदवारी दर्ता शुल्क तोकेको छ। कांग्रेसले १४औं महाधिवेशनका लागि विभिन्न तह र पदको उम्मेदवारी शुल्क तोकेको हो ।
कांग्रेसले महानगरपालिका र उपमहानगरपालिका अन्तर्गत सभापतिका लागि पाँच हजार शुल्क, गाउँपालिका कार्यसमितिअन्तर्गत सभापतिका लागि दुई हजार शुल्क तोकेको छ।
यस्तै उपसभापति र सचिवका लागि तीन हजार शुल्क निर्धारण गरिएको छ । नगरपालिकामा सहसचिव लड्न चाहनेहरूले भने दुई हजार तेस्तै नगरपालिका कार्यसमितिअन्तर्गत सभापतिका लागि चार हजार शुल्क तीर्नुपर्ने कांग्रेसले जनाएको छ ।
पार्टीको अनुसूची २५ अनुसार उम्मेदवारी शुल्क तोकिएको कांग्रेसले जनाएको छ ।
FACEBOOK COMMENTS