काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेट सिलिङ २ अर्बले घटेको छ ।
चालू आर्थिक वर्षमा १० अर्ब ४७ करोड ९० लाख रुपैयाँ विनियोजन भएको मन्त्रालयका लागि आगामी आर्थिक वर्षमा २ अर्ब ३४ करोड ५ लाख रुपैयाँ घटाएर सिलिङ दिइएको छ ।
योजना आयोगले आगामी आर्थिक वर्षका लागि ८ अर्ब १३ करोड ८५ लाख रुपैयाँ सिलिङ दिएको छ ।
१२ मन्त्रालयको चालु आर्थिक वर्षको तुलनामा बजेट सिलिङ घटेको छ ।
आयोगले उद्योग, खानेपानी, संस्कृति तथा पर्यटन, भूमि व्यवस्था सहकारी तथा गरिबी, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकाश, अर्थ, ऊर्जा, जलस्रोत तथा सिँचाई, कानुन, शिक्षा विज्ञान तथा प्रविधि, स्वास्थ्य तथा जनसंख्या, युवा तथा खेलकुद र सामान्य प्रशासन मन्त्रालयको बजेट सीमा घटाएको हो ।
FACEBOOK COMMENTS