काठमाडौं- नेपाल चेम्बर अफ कमर्शले अर्जुन शर्माको सभापतित्वमा पर्यटन प्रवर्धन तथा संस्कृति समिति गठन गरेको छ । शर्माको सभापतित्वमा नवगठित समितिको सदस्य मा क्रमश दीपक राज जोशी, हिक्मत सिंह ऐर, बिनय वस्नेत, युवराज श्रेष्ठ, खुम वहादुर सुवेदी, जनक राज कालाखेती, बिक्रम पाण्डे, हरी प्रसाद धरेल, देवचन्द्रलाल कर्ण चयन भएका छन् । समितिमा मनोनयन भएका पदाधिकारी तथा सदस्यहरुलाई चेम्बर अध्यक्ष राजेन्द्र मल्लले मंगलबार मनोनयन पत्र प्रदान गरेका छन् ।
सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले कोभिड १९ को महामारीले नेपालको पर्यटन क्षेत्र बढि प्रभावित भएकोले यस क्षेत्रको प्रवर्धनका लागी पर्यटन क्षेत्रसँग आवद्ध सबै निकायहरु लाग्नुपर्ने बताए । साथै अध्यक्ष मल्लले यस समितिमा नेपालको पर्यटन प्रवद्र्धन तथा संस्कृति क्षेत्रको विकासमा लामो अनुभव हासिल गर्ने महानुभावहरुकोे प्रतिनिधित्व भएकोले चेम्बरको पर्यटन प्रवद्र्धन तथा संस्कृति क्षेत्रमा गरिने प्रयासमा महत्वपूर्ण भूमिका निर्वाह हुने अपेक्षा राख्दै सफल कार्यकालको कामना गरे ।
FACEBOOK COMMENTS