काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको ७० औ वार्षिकोत्सवको अवसरमा प्रकाशित ५ रुपैयाँ दरको हुलाक टिकटको प्रथम दिवशीय आवरणमा संचार तथा सूचना प्रबिधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले टांचा लगाएका छन् ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सबै क्षेत्रको एउटै लक्ष्य मुलुकको समृद्धि हुनुपर्ने बताएका छन् । नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले सरकारले निजी क्षेत्रसँग मिलेर १० वर्षमा नयाँ पुस्तालाई धनी पुस्ताको रुपमा विकसित गर्न चाहेको बताए ।
नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रममा उनले सरकारले मुलुकको समृद्धिका लागि निजी क्षेत्रसँग ठूलो अपेक्षा गरेको बताए । उनले व्यवहारबाटै नयाँ पुस्तालाई १० वर्ष भित्र धनी बनाउन सबैले समृद्धिको अभियानलाई अघि बढाउनुपर्ने बताए ।
‘निजी क्षेत्र, जसले मुलुकको आर्थिक गतिविधिलाई अगाडि बढाउनका निमित्त, मुलुकलाई समृद्धिको दिशामा लैजानका निमित्त जुन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ’ उनले भने ‘त्यो क्षेत्रसँग अपेक्षा पनि गरेको छ । म चाहन्छुः अबको आउने पुस्तालाई धनी पुस्ता बनाउनका निमित्त हामी सबै एकजुट भएर लागौं । र हामी सबै एकजुट भएर लाग्यौं भने १० वर्षमा दस्तावेजमा होईन्, कार्यक्रममा, भाषणमा होईन ।
हामी व्यवहारमा दश वर्षमा विदेश जाँदाखेरी आत्माग्लानी हुनुनपर्ने पुस्ताको रुपमा विकसित गर्न चाहन्छौं । त्यो दिशामा हामी अग्रसर होऊ । र अव हामी सबैको लक्ष्य हुनुपर्दछ । र हामी सबैको एउटै कदम हुनुपर्दछ । त्यो कदम देशको समृद्धिका निमित्त हुनुपर्दछ । र त्यसका निमित्त नेपाल चेम्बर अफ कमर्सले जुन योगदान पु¥याएको छ । आगामी दिनमा अरु थप कामहरु गरेर अरु महत्वपूर्ण भूमिका निर्वाह गर्न सकोस् ।’
मन्त्री कार्कीले मुलुकलाई समृद्ध बनाउन नेपाल चेम्बर अफ कमर्सले मुलुकको समृद्धिका लागि थप योगदान दिने विश्वास समेत व्यक्त गरे । कार्यक्रममा उनले नेपाल चेम्बर अफ कमर्सको ७० वर्ष पुगेको अवसरमा हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा लगाए ।
कार्यक्रममा चेम्वरका अध्यक्ष राजेन्द्र मल्लले नेपाल चेम्वरले बिगत ७० वर्षदेखि मुलुकको आर्थिक क्षेत्रमा प्रदान गरेको योगदानलाई कदर गर्दै संस्मरणान्मक हुलाक टिकट प्रकाशन भएको बताए ।
अध्यक्ष मल्लले कमर्सको स्थापना २००७ सालमा भएको र सबैभन्दा पुरानो र अग्रणी वाणिज्य संगठनको रूपमा रहेको चेम्वरवले नेपाली व्यावसायीहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गरी घरेलु तथा विश्व बजारमा नेपाली व्यापार क्षेत्रको दिगो विकास गर्ने कार्यमा क्रियाशील रहेको बताए ।
व्यावसायिक क्षेत्रको सशक्तीकरणका लागि प्रतिबद्ध रहेको बताउँदै निजी र सरकारी क्षेत्र बिच समन्वयकारी भूमिका निर्वाहमा चेम्वरको अहम भूमिका रहेको बताए ।
FACEBOOK COMMENTS