काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोभिड निमोनिया पुष्टि भएको छ । कोरोनाभाइरस संक्रमणपछि बलम्बुस्थित एपीएफ अस्पतालमा भर्ना भएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अहिले अवस्था स्थिर रहेको अस्पतालले बताएको छ ।
जबराका एक जना पारिवारिक सदस्यलाई संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका जबराले सोमबार स्वाब परीक्षण गराएका थिए । त्यसको केही घण्टामा उनको रिपोर्ट पोजिटिभ आएको हो । स्वास्थ्यमा असहजता देखा परेपछि प्रधानन्यायधीश जबरा केही दिन देखि बालुवाटारमा रहेको निवासमा बसिरहेका जबरालाई हिजोदेखि भर्ना गरिएको छ ।
FACEBOOK COMMENTS