स्लोभाक । स्लोभाकका प्रधानमन्त्री रोबर्ट फिकोको शल्यक्रियापछि अवस्था स्थिर रहेको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार बीबीसीले स्लोभाकका वातावरणमन्त्री टोमस ताराबालाई उद्धृत गर्दै प्रधानमन्त्रीको ज्यान खतरामा नरहेको बताएको छ । ताराका अनुसार एउटा गोली पेटमा र अर्को जोर्नीमा लागेको थियो । शल्यक्रियाका क्रममा फिकोको अवस्था गम्भीर रहेको स्लोभाकका उपप्रधानमन्त्री तथा रक्षामन्त्री रोबर्ट कालिनाकले बताए।
स्लोभाकका गृहमन्त्री माटुस सुताज इस्टोकका अनुसार यो आक्रमणलाई राजनीतिक रूपमा प्रेरित हत्याको रूपमा वर्गीकृत गरिएको छ । फिको बुधवार दिउँसो राजधानीबाट करिव १५० किलोमिटर उत्तरपूर्वमा रहेको ह्यान्डलोभा शहरमा भएको सरकारी बैठकमा भाग लिएपछि आक्रमण भएको थियो । फिकोलाई हेलिकप्टरबाट बान्स्का बिस्ट्रिकाको रुजवेल्ट अस्पतालमा पुर्याइएको थियो । घटनास्थलबाटै पक्राउ परेका संदिग्ध ७१ वर्षीय पुरुष रहेको बताइएको छ ।
FACEBOOK COMMENTS