![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रतिनिधि सभाको बैठक अवरुद्ध पारेको छ ।
सोमवारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने कार्यसूचि रहेको भएपनि काँग्रेसले संसद बैठक अवरुद्ध पारेसँगै अनिश्चित भएको हो ।
प्रतिनिधि सभा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको विश्वासको मत लिने काममा अवरुद्ध नगर्न आग्रह गरे । तर काँग्रेस सांसदहरुले बैठक अवरुद्ध पारे । काँग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नगरेसम्म संसद बैठक सुचारु हुन नदिने अडान लिएको छ ।
आजको बैठकमा सभामुखले सरकारी कार्यसूचिमा प्रवेश गर्न लागेसँगै काँग्रेस सांसदहरुले वेल घेराउ गर्न पुगेका हुन् । बैठकमा अहिले पनि काँग्रेसले संसद बैठक अवरुद्ध पार्दै नाराजुलुस गरिरहेको छ ।
FACEBOOK COMMENTS