काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्नका लागि एक वर्ष समय थप गरिएको छ ।
राष्ट्रिय गौरवको योजनाअन्तर्गत विमानस्थल २०२१ जुलाई १० मा सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोभिड–१९ का कारण समयमै निर्माण सम्पन्न गर्न समस्या भएपछि २०२२ को जुलाई १० सम्म समय थपिएको आयोजना प्रमुख विनेश मुनाकर्मीले बताए ।
द्रुत गतिमा काम गरे पनि कोभिडका कारण केही ढिलाइ भएको बताइएको छ ।