काठमाडौं । काठमाडौं जिल्ला प्रशासनले काठमाडौंको तीनकुने क्षेत्रमा लाएको कर्फ्यु हटेको छ ।
आज बिहान ७ बजेसम्म रहेको कर्फ्यु हटेको हो ।
शुक्रबार राजावादीहरूले उग्र प्रदर्शन गरेपछि प्रशासनले काठमाडौंको तीनकुने लगायतका क्षेत्रमा कर्फ्यु लगाएको थियो ।
शुक्रबार कर्फ्यु लगाएपछि पनि राजावादी समूहले केही स्थानमा तोडफोड, आगजनी र लुटपाट गरेका थिए ।
FACEBOOK COMMENTS