काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा सहभागी हुने वा नहुने भन्नेबारेमा आज निर्णय गर्ने भएको छ । पार्टीले आज केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।
आज दिउँसो बस्ने केन्द्रीय समितिको बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा पार्टीको सहभागिताबारे छलफल गर्ने छ ।
यसैगरी पछिल्लो समसामयिक राजनीतिक विषय तथा बदलिँदो राजनीतिक परिस्थितिका बारेमा आजको बैठकमा छलफल हुने सो पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
वैशाख १० गते भएको उपनिर्वाचनबाट पार्टी सभापति रवी लामिछाने पुनः निर्वाचित भएर आएपछि पार्टीको केन्द्रीय समिति बैठक बस्न लागेको हो ।
रास्वपालाई सरकारमा ल्याउन सत्ता गठबन्धनले प्रयास जारी राखेको छ ।
तर लामिछाने पहिलेकै मन्त्रालय गृह पाए मात्र सरकारमा सहभागी हुने अडानमा छन् भने प्रधानमन्त्रीले अहिल्यै त्यसो गर्न सहज नभएको बताइरहेका छन्। यहीबीच रास्वपाको आज ‘निर्णायक’ बैठक बस्न लागेको हो।
FACEBOOK COMMENTS