काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको अन्तिम दिन आज बिहिबार दोहोरो अंकको गिरावट आएको छ । बुधबार ५०.५८ अंकले बढेर दुई हजार ६ सय ६५ दशमलब ९४ विन्दुमा पुगेको नेप्से आज फेरि दोहोरो अंकले घटेको हो ।
आज नेप्से ३२.५१ अंकले घटेर दुई हजार ६ सय ३३ दशमलब ४२ विन्दुमा थामिएको छ । त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज ३ अर्ब ७० करोड बराबरको कारोबार भएको छ । बुधबार ५ अर्ब २ करोड ८५ लाख बराबरको कारोबार भएको थियो । आज कारोबार भएका तीन समूह बाहेक अन्य सबै समूह घटेका छन् ।
FACEBOOK COMMENTS