![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । काठमाडौं महानगरपालिका (कामपा) ले लक्षित वर्गका लागि निःशुल्क उपचारसम्बन्धी सूचना जारी गरेको छ । कामपाले जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकले सिफारिसका आधारमा निःशुल्क उपचार पाउने जनाएको हो ।
कामपाले आज सूचना जारी गर्दै लक्षित वर्गका बिरामीले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आए बिरामीले निःशुल्क उपचार पाउने बताएको हो ।
महानगरपालिका क्षेत्रभित्रका सबै प्रकारका अस्पतालमा लक्षित वर्गले सिफारिसका आधारमा निःशुल्क उपचार सेवा पाउनेछन् । उपचार उपलब्ध गराउन महानगरपालिकाभित्रका ५२ अस्पतालका तीन सय ७४ श्यया उपलब्ध छन् । सम्पर्कका लागि निःशुल्क टेलिफोन नं ११८० मा फोन गरेर जानकारी लिन कामपाले आग्रह गरेको छ ।
FACEBOOK COMMENTS