पाेखरा कार्तिक ६, पाेखरा महानगरपालिकाका नगर प्रमुख मानबहादुर जिसीलाई मष्तिष्क घात भएपछि रोकिएको कार्यपालिका बैठक चार महिनापछि बसेको छ । जिसीलाई १ साउनमा मष्तिष्कघात भएको थियो ।
उपचार पछि पोखरा फर्किनु भएका जिसीले दुईसाता अघि उपमेयर मन्जुदेवी गुरुङलाई कार्यवाहक मेयरको जिम्मेवारी दिनुभएकाे थियाे । त्यसपछि बसेको बैठकमा कांग्रेसले भने असहमति जनाएको छ ।
बैठकमा सहभागी भएपनि कांग्रेसतर्फका वडाध्यक्षहरुले उपस्थितिमा हस्ताक्षर गर्नुभएकाे छैन । बैठकका एजेण्डा समयमै उपलब्ध नगराएको र छलफलमा उठेका विषयलाई छोडेर आफुखुसी निर्णय लेखिएको भन्दै कांग्रेसले हस्ताक्षर नगरेको हो । यसअघि धेरै पटक बैठकले दिएको सुझाव भन्दा अन्यत्रैबाट निर्णय लेखिने गरेको कांग्रेस सचेतक रामराज लामिछानेले बताउनु भयाे ।
FACEBOOK COMMENTS