काठमाडौं । आज (पुस १०्गते) नेरुडे लघुवित्त वित्तीय संस्था,घोडीघोडा लघुवित्त वित्तीय संस्था र सपोर्ट लघुवित्त वित्तीय संस्थाको साधारणसभा हुदैछ ।
नेरुडे लघुवित्त वित्तीय संस्थाको उद्योग संगठन मोरंगको सभाहल विराटनगरमा हुनेछ । सभाले २१.४८ प्रतिशत बोनश शेयर र १.१३ प्रतिशत नगद लाभांश कर सहित दिने प्रस्ताव पारित गर्ने भएको छ । कम्पनीले सभाको लगि मंसिर २६ देखि पुस १० गते बुक क्लोज गरेको छ । मंसिर २३ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।
यता घोडीघोडा लघुवित्तको छैठौं साधारणसभा आजै धनगढीमा हुने छ । सभाले आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७८÷७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । लगानीकर्तालाई भने कुनै पनि लाभांश छैन ।
यता सपोर्ट लघुवित्त वित्तीय संस्थाले इटहरीमा सभा बोलाएको छ । कम्पनीले ३० प्रतिशत बोनश शेयर र १.५७ प्रतिशत नगद लाभांश कर सहित दिने प्रस्ताव गरेको छ । सभाको लागि पुस १ गते बुक क्लोज गरेको छ । मंसिर २९ गतेसम्म कायम रहेका शेयरधनीले लाभांश पाउनेछन् ।
FACEBOOK COMMENTS