काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १० वर्षमा २ हजार ८ सय मेगावट विद्युत् उत्पादन गर्ने लक्ष्य निजी क्षेत्रले मात्रै पूरा गर्नसक्ने बताएका छन् ।
आज बिहीबार काठमाडौं मा भएको प्रि–बजेट छलफल कार्यक्रममा घिसिङले नेपालको जलविद्युत् उत्पादनमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै १० वर्षमा २ हजार ८ सय विद्युत् उत्पादन गर्ने लक्ष्य पूरा गर्न निजी क्षेत्रबिना सम्भवन नहुने बताएका हुन् ।
उनले जलविद्युत् व्यवसायीहरुका मागप्रति प्राधिकरण सकारात्मक रहेको बताउँदै निजी क्षेत्रका जस्तै समस्या प्राधिकरणले समेत भोगिरहेको र प्राधिकरणलाई पनि सुधार गर्दै लैजान आवश्यक रहेको बताए । घिसिङले प्राधिकरण पीपीए खोल्नेदेखि लिएर पीपीए भएका आयोजनाहरु निर्माण समयमा सम्पन्न सहजीकरण गर्ने विषयमा सकारात्मक रहेको बताए ।
उनले प्राधिकरणले अहिलेसम्म १० हजारसम्मको पीपीए गरेर ३ हजार ५ सयको प्रोजेक्ट आइसकेको र सो प्रोजेक्ट निर्माणको चरणमा रहेको बताइ । उनले राजश्वको विषयले गर्दा विद्युतीय सवारीसाधनमा भएको प्रमोसनले अन्त कतै जाने खतरा देखिएको भन्दै सरकारले विशेष ध्यान दिन आवश्यक रहेको बताए । नेपालमा विद्युतीय सवारी साधनको प्रमोसनका कारण विद्युत खपतमा राम्रो पिकअप लिएको उनको नभाइ छ । उनले सवारी साधनको प्रमोसनले नेपालमा ग्रीन इनर्जीको खपतलाई थप सपोर्ट गरेको पनि बताए ।
FACEBOOK COMMENTS