काठमाडौं, ७ भदौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।
आज सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मट्टीतेलसहित खाना पकाउने ग्यासको मूल्यमा वृद्धि गरेको हो । निगमका अनुसार डिजेल, पेट्रोल र मट्टीतेल प्रतिलिटर २/२ रुपैयाँले बढेको छ ।
निगमले हवाई इन्धनमा आन्तरिकतर्फको मूल्य पनि प्रतिलिटर २ रुपैयाँले बढाएको छ । हवाई इन्धन (अन्तर्राष्ट्रिय उडान)मा प्रति किलोलिटर अमेरिकी डलर १६ ले वृद्धि गरी नयाँ विक्री मूल्य अमेरिकी डलर ७७० प्रति किलोलिटर कायम गरेको छ ।
इण्डियन आयल कर्पेरेसनबाट प्राप्त मूल्य सूचीअनुसार निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य समायोजन गरेको बताएको छ । गत असार ३० गते पनि निगमले मूल्य समायोजन गरेको थियो ।
बढेको मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १३० रुपैयाँ, डिजेल तथा मटितेल ११३ रुपैयाँ र हवाई इन्धन ८६ रुपैयाँ कामय भएको छ भने एलपी ग्यास प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएर १ हजार ४५० रुपैयाँ कायम गरिएको छ ।
FACEBOOK COMMENTS