२३ असोज, काठमाडौं । घरेलु हिंसापीडित महिलाको हत्या अनुसन्धान हुनुपर्ने लगायतका माग राख्दै नेपालगञ्जदेखि काठमाडौं आएको टोलीसँग सरकारले वार्ता गरेको छ ।
आगोले पोलेको जस्तो देखिने छाला , खुट्टा मा फोकै फोका , तिनै फोका फुटेर बनेका घाउ, गलेका खुट्टा र थकित शरीर बोकेर न्याय खोज्दै बाँकेबाट १४ महिला र ३ जना पुरुषको टोली ५ सय १७ किलोमिटर पैदल हिँडेर काठमाडौं आइपुगेका हुन्।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणीन्द्रमणि पोखरेलले आफूले नेपालगञ्जबाट आएको टोलीसँग वार्ता गरेको बताउदै गर्दा आफूहरुको मागमा सरकारले लिखित प्रतिवद्धता जनाउन माग गरे पनि मौखिक आश्वासनमात्र पाएको बताएका छन् ।
गृह प्रवक्ता पोखरेलले भने उनीहरु चित्त बुझाएर गएको दावी गर्दै उनीहरुले राखेको माग पूरा गर्ने आश्वासन दिएको बताए । ‘हामी तपाईंको मागप्रति पोजेटिभ छौं भनेपछि हाम्रा साथीहरुलाई सम्झाउछौं भनेर जानुभएको छ’ उनले भने ।
शुक्रबार साँझ धर्नास्थलबाटै प्रहरीले रुबी खातुनलाई पक्राउ गरेको थियो । गृहका प्रवक्ता पोखरेलले उनलाई नेपालगञ्ज नै पठाइएको बताए । ‘उनको नाममा जिल्ला अदालतले जारी गरेको वारेन्ट रहेछ, त्यसैले नेपालगञ्ज नै पठाएका बताएका छन् ।
FACEBOOK COMMENTS