काठमाडौं । हेरिटेज ग्रुपले ३० करोड रुपैयाँको लागतमा ‘हेरिटेज टी’ उद्योग सञ्चालनमा ल्याएको छ । नेपाल उद्योग वाणिज्य महासंघका स्वास्थ्य तथा शीप विकास समितिका सभापति एवम् हेरिटेज ग्रूपका कार्यकारी अध्यक्ष हेमराज ढकालले उक्त उद्योग सञ्चालनमा ल्याएका हुन् ।
लामो समयदेखि चिया बगान सञ्चालन गर्दै आएका ढकालले आज बुधबारदेखि चिया उद्योग सञ्चालनमा ल्याएका हुन् । यसअघि ढकालले झापामा १५० विगाहा क्षेत्रफलमा चिया बगान सञ्चालन गर्दै आएका थिए ।
विश्व बजारमा समेत गुणस्तरीय चिया निर्यात गर्ने लक्ष्यअनुरुप उद्योग सञ्चालनमा ल्याइएको हेरिटेज ग्रुपका कार्यकारी अध्यक्ष हेमराज ढकालले जानकारी दिए । उनका अनुसार उद्योगबाट तत्कालका लागि सीटीसी चिया मात्रै उत्पादन हुने छ ।
तर, केही समयभित्रै अर्थोडक्स टी समेत उत्पाद गरी निर्यात गरिने उनको योजना छ । उक्त उद्योगबाट उत्पादित चिया तत्कालका लागि भारत, रसिया र खाडी मुलुकहरुमा निर्यात गर्ने उनको तयारी छ ।
उद्योग सञ्चालनमा ल्याएसँगै उद्योगका लागि आवश्यक कच्चा पदार्थ जुटाउन थप १५० विगाहमा रहेको अन्य चिया बगानहरुसँग पनि सहकार्य र साझेदारी गरेको ढकालले जानकारी दिएका छन् ।
ढकालले हेरिटेज ग्रुपअन्तर्गत कार्पेट, स्प्रिङ म्यार्टेस, क्वेयर म्यार्टेस, इपीई फर्म, ननओभन कार्पेट उत्पादन गर्दै आएका छन् ।
FACEBOOK COMMENTS