काठमाडौँ । लामो छुट्टीमा घुम्न जाने संस्कृति नेपालीमा समेत बढ्न थालेको छ । दसैँमा हुने लामो बिदामा धेरै व्यक्ति विभिन्न स्थानमा घुम्न निस्किन्छन् ।
लमजुङमा पछिल्लो समय होमस्टे घुम्न गएर दसैँ मनाउने आन्तरिक पर्यटकहरूको सङ्ख्या पनि बढेको छ । दसैँ र तिहार बिदालाई धूमधामका साथ मनाउने प्रचलन बढ्न थालेपछि स्वदेशी पर्यटक पनि होमस्टे तिर लागेका छन् ।
सुखी गाउँ घले गाउँ र नेपालकै नमुना गाउँ काउलेपानीमा यतिबेला तिहार बिदा मनाउन आएका पर्यटकले होमस्टे नै ‘हाउस फुल’ भएको छ ।
‘बिदा मनाउनका लागि समूह समूह बनेर आउने क्रम जारी छ,’ काउलेपानी पर्यटन व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर गुरुङले भने, गाउँका सबै होमस्टे घरहरू पर्यटकले भरिएका छन् ।’ उनका अनुसार होमस्टेमा दसैँ मनाउनका लागी ५०र६० जना आन्तरिक पर्यटक आएका छन् ।
FACEBOOK COMMENTS