काठमाडौँ । संविधान दिवसको अवसरमा लमजुङका दुई जना कैदीको कैद मिनाहा भएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले देशभर ७०२ जना कैदीलाई बाँकी कैद कट्टा गरी मिनाहा गर्नेक्रममा लमजुङका पनि २ जनाको कैद मिनाहा भएको हो ।
जिल्ला कारागार लमजुङबाट दुई जना
कैदीबन्दी रिहा भएको जेलर तारा बहादुर तामाङले जानकारी बताए । उनका अनुसार सवारी ज्यान मुद्दा परेका सुन्दरबजार ७ का पवन घर्ती मगर र बेँसीसहर १ का रूपेश विकको कैद मिनाहा भएको हो ।
सुन्दरबजारका पवन घर्ती २०७८ फागुन ३ गतेका दिन सवारी ज्यान मुद्दामा एक वर्ष दुई महिना २७ दिनका लागि कारागार चालन भएको थियो भने बेँसीसहर १ का रुपेश वि.क २०७८ पुस ७ गते सवारी मुद्दामा एक बर्ष १० महिना १६ दिनका लागि कारागार चलान भएका थिए ।
FACEBOOK COMMENTS