काठमाडौं, १५ भदौ । दार्चुलाको ब्यास गाउँपालिका–२ स्थित महाकाली नदीमा खसेर जयसिंह धामी बेपत्ता भएको घटना छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझाएको छ ।
सह–सचिव जनार्दन गौतम नेतृत्वको समितिले मंगलबार गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएका हुन् ।
महाकाली नदी तर्न लाग्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन खुस्काएपछि ब्यास गाउँपालिका–२ का धामी बेपत्ता भएको घटना छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको थियो ।
FACEBOOK COMMENTS