काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडको साधारण सेयर (आइपीओ) आज बाँडफाँट हुने भएको छ ।
आइपीओको बाँडफाँट बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बिहान ९ बजे आइपीओ बाँडफाँट हुने बताइएको छ ।
उक्त आइपीओमा २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट ३ करोड ४३ लाख ६० हजार १० कित्ताका लागि आवेदन परेको थियो । कम्पनीले गत असोज २० गतेबाट कुल ९० करोड रुपैयाँको ९० लाख कित्ता आइपीओ निष्कासन गरेको थियो ।
जसमा ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोष र ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका छुट्याएर ८१ लाख ९० हजार कित्ता सर्वसाधरणको लािग निष्काशन गरेको थियो ।
FACEBOOK COMMENTS