काठमाडौं । सामलिङ पावर कम्पनीको आइपीओ बाँडफाँट आज हुने भएको छ ।
सेयर निष्कासन तथा बिक्री प्रबन्ध नेपाल एसबीआई बैकिङका अनुसार बिहान साढे ८ बजे बाँडफाँट हुने भएको हो । कम्पनीले कात्तिक ४ देखि ८ गतेसम्म सर्वसाधरणका लागि आइपीओ निष्काशन गरेको थियो ।
कम्पनीले ७ लाख ३० हजार कित्ता आइपीओ निष्काशन गरेकोमा २२ लाख ६५ हजार ६९८ आवेदकले २ करोड ६९ लाख ३३ हजार ५ सय कित्ताको लागि आवेदन दिएका थिए । मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट बाँडफाँट हुँदैछ ।
FACEBOOK COMMENTS