काठमाडौँ । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले यो विषय मानवअधिकारसँग जोडिएको भन्दै सत्ता र शक्तिको लेखाजोखा र स्वार्थका लागि काम हुन नहुने बताएका छन्।
सरकारले ऐन ल्याएपनि समितिमा छलफल नगरी हुलमुलमा पारित गरेमा जटिल अवस्था आउने चेतावनी उनले दिए।
मानवअधिकारका अन्तर्राष्ट्रिय मापनहरुका आधारमा त्यो विषय अगाडि बढाउनुपर्ने उनले बताए।
‘एकदम प्रष्ट छ यसमा । सत्ताको, शक्तिको वा द्वन्द्वरत पक्षहरुको व्यक्तिगत खुशियालीमा, नाफा वा घाटामा लाखौँ मान्छेहरुको मानवअधिकारसँग जोडिएको प्रश्न व्यक्तिगत लेखाजोखा र स्वार्थको विषय होइन’, उनले भने, ‘नेपालले पक्ष राष्ट्र भएर गरेको मानव अधिकारका सन्धि, अभिसन्धि, महासन्धि, नेपालको संविधान र शान्ति सम्झौताले पनि निरुपण गरेका कुरा यसमा पर्छन्। ६ महिनामा सिध्याउने भनेको कुरा १६ वर्षसम्म नसिध्याएपछि अनि मुद्दा धाउँदा धाउँदै परलोक हुने त मान्छेहरुले।’
उनले ऐन ल्याएर समितिमा छलफल नगर्ने हुलमुलमा पास गरेर जटिल अवस्थाको सिर्जना गर्न खोजिएको बताए।
‘यसको स्याण्डर्ड मानव अधिकारका अन्तर्राष्ट्रियमापनहरुका आधारमा र नागरिकले पाउने, निहत्था मान्छेहरुले, निर्दोष मान्छेहरुले पाउने न्याय मर्न सक्दैन’, उनले भने।
नेता बाँस्कोटाले माओवादी आन्दोलन कुनै क्रान्ति नभएर संगठित हिंसा र आतंक भएको बताए। उनले माओवादीहरुले भन्ने गरेको जनयुद्धलाई राजनीतिक खोलभित्र देखिएको सामाजिक फाँसीवाद भनेर टिप्पणी गरे।
FACEBOOK COMMENTS