पोखरा कात्तिक १७ , पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले पुरस्कार राशीमा वृद्धि गरेको छ । सुजल डेरीको मुख्य उत्पादन सफल दुधले मुख्य प्रायोजनमा पनि निरन्तरता दिने दिएको छ ।
मञ्चले बुधबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिंदै खुल्ला ४२.१९५ किमि म्याराथन तर्फ प्रथम पुरस्कार ४ लाख नगद पु¥याइएको घोषणा गरेको हो । यो पुरस्कार राशी गत वर्षको १५ औं सस्करण भन्दा दोव्वर हो ।
आगामी फागुन ७ गते पोखरामा आयोजना हुने १६ औं संस्करणको पोखरा म्याराथनतर्फ हुने सवै २१ किमि महिला हाफ म्याराथन बाहेक महिला पुरुष १० किमि र छात्र÷छात्रा ५ किमि, ह्विल चियर तथा दृष्टिविहिन दौडतर्फ समेत पुरस्कार राशी बढाइएको जनाइएको छ । ति दौडतर्फ समेत ५÷५ हजार पुरस्कार राशीमा वढाइएको छ ।
नेपालको म्याराथन इतिहासमा नै पोखरा म्याराथनमा पुरस्कार ४ लाख पु¥याइएको दाबी गर्दै मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीले ४२.१९५ किमितर्फको दोश्रो पुरस्कार २ लाख, तेश्रो हुनेले १ लाख र सान्त्वना तर्फ ३० हजार प्राप्त गर्ने बताए ।
अध्यक्ष पराजुलीले सबै विद्यातर्फ गरी कुल २८ जना पुरस्कृत हुने जानकारी गराउँदै पुरस्कार राशी गत वर्षको भन्दा ४ लाख बढेको जानकारी दिंदै उनले भने–“गत वर्ष पुरस्कार राशी कुल ८ लाख रहेकोमा यो वर्ष सवै विद्यागत रुपमा बढाउँदा १२ लाख ३० हजार पु¥याएका छौं ।”
पुरस्कार राशीमा वृद्धीले दक्षिण एशियाली देशका धावक संगै अन्य अन्तर्राष्ट्रिय धावकहरुलाई आकर्षण गर्न सहयोग पुग्ने धारणा अघि सार्दै मञ्चका अध्यक्ष पराजुलीले भने–“म्याराथनको माध्यमबाट पोखरालाई विश्वमा चिनाउन मञ्चले लिएको लक्ष्य पुरा हुनेतर्फ हामी अघि बढेका छौं यसका लागि सबै सरोकारवालहरुको सहयोग उत्तिकै खाँचो छ ।
सो अवसरमा मञ्चले नियुक्त गरेका १४ जना सल्लाहकारहरुको नाम समेत घोषणा गरेको छ । मेजर दिल बहादुर गुरुङको संयोजकत्वमा गठित सल्लाहकार समितीमा खड्ग बहादुर रानाभाट, प्रा.डा विरेन्द्र सिंह गुरुङ, अशोक पालिखे, जयराम हमाल, योगेन्द्र बहादुर बस्नेत, जगन बहादुर गुरुङ, खेम बहादुर गुरुङ, मञ्जुलमान श्रेष्ठ, शम्भु कार्की, तिलक केसी, महेश गुरुङ, गणेश बहादुर भट्टराई, नारायण कार्की,रहेका छन् । त्यसै गरी मञ्चले कार्यसमितीको सदस्य पदमा बुद्ध गुभाजुलाई मनोनयन गरेको संस्थाका महासचिव कृष्ण तिमिल्सिनाले जानकारी दिएका छन् ।
FACEBOOK COMMENTS