काठमाडौं । सत्तारूढ १० दलहरूको बैठक सकिएको छ । मङ्गलबार दिउँसो २ बजेदेखि सिंहदरबारमा बसेको बैठक सकिएको हो ।
जेठ ५ गते संसद्मा प्रस्तुत हुने सरकारका नीति तथा कार्यक्रमबारे छलफल गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० दलको बैठक बोलाएका थिए ।
बैठकमा नीति तथा कार्यक्रममाथि छलफल भएको छ । छलफलपछि प्रधानमन्त्री प्रचण्डले लिखित सुझाव माग गरेका छन् ।
बैठकमा उपस्थित नेताहरूले बिग्रिएको अर्थतन्त्र सप्रिनेगरी नीति तथा कार्यक्रमसँगै बजेट ल्याउन मौखिक सुझाव दिएका छन् ।
बैठकमा सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसँगै मन्त्रीहरूकाे उपस्थिति रहेको थियो ।
FACEBOOK COMMENTS