काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कुहिने र नकुहिने फोहोर नछुट्याए कारबाही गर्ने भएको छ। महानगरको वातावरण विभागले आगामी साउन १ गतेदेखि लागु हुने गरी कारबाहीको सूचना जारी गरेको छ।
स्रोतमा नै फोहोरको पृथकीकरण नगरेमा फोहोर संकलन नगर्ने र प्रत्येक पटक पाँच सय रुपैयाँ जरिवाना गरिने वातावरण विभागद्वारा जारी गरिएको सूचनामा जनाइएको छ।
जैविक (कुहिने) र अजैविक (नकुहिने) फोहोर छुट्याउने जिम्मेवारी फोहोर उत्पादनकर्ताको नै भएको महानगरले सूचनामार्फत जनाएको छ। यसरी कुहिने र नकुहिने गरी छुट्याएको फोहोर महानगरले फरक–फरक दिन संकलन गर्ने पनि सूचनामा उल्लेख गरिएको छ।
FACEBOOK COMMENTS