काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै झण्डै एक महिनादेखि शिक्षकहरूले गरिरहेको आन्दोलन अझै रोकिने छाँटमा छैन । बरु, आन्दोलन झनै सशक्त भएर जाने सङ्केत देखिएको छ ।
हिजो सोमबार रातिकाे शिक्षक र सरकारबीचको वार्ता सकारात्मक भएको भन्दै शिक्षामन्त्री रघुजी पन्तले सञ्चार माध्यमहरूलाई प्रतिक्रिया दिए पनि वास्तविकता त्यस्तो नरहेको पाइएको छ ।
आन्दोलनको अगुवाइ गरिरहेको नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षा मन्त्रालयमा हिजो विभिन्न विषयमा लामो छलफल भए पनि निष्कर्षमा पुग्न नसेको भन्दै आन्दोलनलाई अझ बलियो बनाउन आह्वान गरेका छन् ।
आज मङ्गलबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राज्य दिन नचाहने र आन्दोलनबिना केही नपाइने भन्दै उनले आन्दोलनलाई थप सशक्त बनाउन आह्वान गरेका हुन् ।
शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने भएको छ । अध्यक्ष सुवेदीले बिहान ११ बजे माइतीघर मण्डलामा भेला हुन शिक्षक–कर्मचारीहरूलाई आग्रह गरेका छन् ।
उनले लेखेका छन्, ‘हाम्रो आन्दोलन जारी छ । आज पनि ठीक ११ बजे माइतीघर मण्डला आउनुहोला । राज्य दिन चाहँदैन, आन्दोलनबिना केही पाइँदैन । त्यसैले आन्दोलन बलियो गराऔँ ।’
शिक्षक महासङ्घको अगुवाइमा शिक्षकहरूले गत चैत २० गतेदेखि काठमाडौंमा सडक आन्दोलन गरिरहेका छन् । आन्दोलनरत शिक्षक र सरकारबीच आज पनि वार्ता हुँदै छ ।
यी सामग्रीहरू पनि पढ्नुहोस्–
हेल्लो सरकार ! अहिले नै हो गर्ने शिक्षा नीतिमा सुधार
प्रधानमन्त्रीज्यू, हाँसो, घृणा र गालीको पात्र बन्नुभन्दा त यसो पो वेश !
FACEBOOK COMMENTS