काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई अर्थमन्त्रालयले तीन दिने स्पष्टीकरण सोधेको छ । अध्यक्ष ढुंगानाले छोरी रेविका ढुंगानाको नाममा सर्वोत्तम सिमेन्टको १० हजार कित्ता शेयर किनेको विषय बाहिर आएसँगैअध्यक्ष ढुंगानालाई मन्त्रालयले तीन दिने स्पष्टीकरण सोधेको हो ।
मन्त्रालयले सोधेको स्पष्टीकरणपत्रमा ‘सञ्चारमाध्यममा आएको विषयवस्तुको सत्य, तथ्य, यथार्थ के हो र तथ्यपरक विवरण ३ दिनभित्र मन्त्रालयमा उपलब्ध गराइदिनु हुन आदेशानुसार अनुरोध छ,’ भन्ने उल्लेख छ । उक्त विषय सञ्चारमाध्यममा आएपछि मन्त्रालयको ध्यानाकर्षण भएको बताइएको छ ।
नेपालको शेयर बजारको इतिहासमा पहिलोपटक बुक बिल्डिङ बिधिबाट प्राथमिक शेयर जारी गर्न लागेको सर्बोत्तम सिमेन्टको शेयर बोर्ड अध्यक्ष ढुंगाना र सदस्य ढकालको परिवारका सदस्यको नाममा खरीद गरिएको बुधबार खुलासा भएको थियो ।
यो प्रकरणमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र बोर्ड सञ्चालक समितिका सदस्य समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल समेत मुछिएका छन् ।
FACEBOOK COMMENTS