असोज ५, काठमाडौ । नेपाल–भारत सीमा नाकामा भारतीय सवारीसाधनको आवागमन छिटै सहज हुने भएको छ ।
प्रधानमन्त्री देउवाले होटल तथा पर्यटन व्यवसायी सङ्घ पर्साको प्रतिनिधिमण्डलसँग सोमबार सिंहदरबारमा भएको भेटमा सो कुरा बताउनुभएको हो ।
नेपाल–भारत सीमा नाकामा मालवाहक सवारीसाधन बाहेकका सवारीहरूको आवागमनमा रोक लगाइएका कारण भारतीय पर्यटकको आवागमन प्रभावित हुँदा होटल तथा पर्यटन व्यवसाय धराशयी भएको होटल तथा पर्यटन व्यवसायी सङ्घ पर्साले बताएको छ ।
बारा र पर्सा क्षेत्रमा सानाठूला गरी करिब दुई सय होटल सञ्चालनमा छन् । सिमा नाकामा आवागन बन्द हँुदा दशै, तिहार र छठ पर्व नजिकै गर्दा व्यवसायमा असर पुग्ने चिन्ता व्यवसायिहरुको रहेको छ ।
FACEBOOK COMMENTS