काठमाडौँ । पटक / पटक खसेको पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका–२९ स्थित केराबारी र अठार किलोमा खसेको पहिरो हटाएर बाटो खुलाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
केराबारीको पहिरो ५ः५० हटाइएको थियो भने १८ किलोको पहिरो ६ः२० बजे हटाएर बाटो खुलाइएको प्रहरीले जनाएको छ । १८ किलोमा लेदोसहितको पहिरो खसेको थियो । यसअघि आज बिहान ८ः२० बजेको समयमा भरतपुर महानगरपालिका–२९, स्थित सत्र किलो भन्ने स्थानमा अविरल वर्षाले लेदोसहित पहिरो खसेपछि दुईतर्फी बाटो अवरुद्ध भएको थियो । नारायणगढ मुग्लिन सडक खण्डमा यस वर्ष मात्रै दुई दर्जन बढी पटक पहिरो खसेर सडक अवरुद्ध भएको छ ।
FACEBOOK COMMENTS