भाद्र २६ काठमाडौं / नेपालमा कोरोना भाइरस संक्रमण हुनेको तुलनामा संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार शनिबार एक हजार ३६८ जना संक्रमणमुक्त भएका छन् । यो अवधिमा देशभर ९९४ संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा ६ हजार १३७ नमुनाको पिसिआर विधिबाट र तीन हजार ७०३ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । त्यसमध्ये ७७७ जनामा पिसिआर र २१७ जनामा एन्टिजेन विधिबाट गरिएको परीक्षणले संक्रमण भएको देखाएको हो । पछिल्ला दिनहरूमा संक्रमण हुनेभन्दा संक्रमणमुक्त हुनेको संख्या बढिरहेको छ । शुक्रबार एक हजार १४६ जनामा कोरोना भाइरस संक्रमण हुँदा एक हजार ६६० संक्रमणमुक्त भएका थिए ।
यो अवधिमा कोरोना भाइरस संक्रमणबाट १२ जनाले ज्यान गुमाएकाे मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या २७ हजार ३५५ छ ।
FACEBOOK COMMENTS