काठमाडौं । काठमाडाैं उपत्यकामा काेराेना संक्रमित पुन: बढ्न थालेका छन्। पछिल्लाे २४ घण्टामा उपत्यकाका विभिन्न प्रयाेगशालामा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेन परीक्षणबाट ७५१ संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हाे।
थपिएका संक्रमितमध्ये काठमाडाैंका सबैभन्दा बढी ५३६ जना रहेका छन्। यसैगरी भक्तपुरमा ८५ र ललितपुरमा १३० जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।हिजाे बुधबार काठमाडाैं उपत्यकामा ६९७ काेराेना संक्रमित फेला परेका थिए। थपिएका संक्रमितमध्ये काठमाडाैंका सबैभन्दा बढी ४९० जना रहेका थिए। यसैगरी भक्तपुरमा ७९ र ललितपुरमा १२८ जना संक्रमित थपिएका थिए।
FACEBOOK COMMENTS