काठमाडौं । मोटरहेड ब्राण्डको आधिकारीक वितरक एस.एल.आर टेक्नो एण्ड टे«ड प्रा.लि. ले आफ्नो सर्भिस विस्तार गर्ने लक्ष्यलाई यर्थाथता प्रदान गर्दै धादिङ, वैरेनी–६ गल्छीमा आफ्नो आधिकारीक मर्मत केन्द्र विस्तार गरेको छ ।
आज एक समारोह वीच, वडा अध्यक्ष श्री राजन श्रेष्ठज्यू बाट, सो मर्मत केन्द्रको उद्घाटन गरिएको छ । कम्पनीले सो मर्मत केन्द«, बीस वर्ष देखि यसै क्षेत्रमा आवद्ध रमेश मोटरसाइकल वर्कशपका प्रोप्राइटर श्री रमेश श्रेष्ठलाई आधिकारीक्ता प्रदान गरेको हो । श्रेष्ठका अनुसार आफू यस क्षेत्रमा लागेको २० वर्ष भइसक्दा विभिन्न ब्राण्डका वाइकहरुको राम्रो ज्ञान भएको र विगत ५ वर्ष देखि आएको यस मोटरहेड ब्राण्डका वाइकहरु पनि आफ्नो क्षेत्रमा प्रशस्त देख्न थालेको हुँदा उक्त ब्राण्डसंग आफू आवद्ध भएको बताए । हेर्दा नयाँ लुक्स, डिजाइन र फरक सेग्मेन्टमा उपलब्ध यी ब्राण्डका वाइकहरुमा आफ्नो पनि उत्तिकै चासो भएको हुनाले अबका आउने दिनमा यस ब्राण्डका ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्दै, हाइवे राइडरहरुलाई सहज रुपमा मोटरहेडका पार्ट्स पनि उपलब्ध गराउने थप उद्देश्य रहेको बताए ।
कम्पनीले आज २८ गते आधिकारीक मर्मत केन्द«को उद्घाटन गरी आज र भोलि २ दिने भ्हअजबलनभ क्याम्प पनि सञ्चालन गरेको छ । जसमा नगद खरीदमा रु.१०,०००।– छुट, फाइनान्समा रु.७,०००।– छुट र भ्हअजबलनभ गर्दा बजार मूल्याकंनमा थप रु.१५०००।– पाउने सुविधा रहेको छ । यसका साथै पार्ट्स र सर्भिसमा विशेष छुटको सुविधा र जुनसुकै ब्राण्डका वाइक ल्याउँदा फ्रि–वासको व्यवस्था समेत गरिएको छ । कम्पनीले यस कार्यक्रममा सहभागी हुने ग्राहकहरुलाई आकर्षक न्षत को व्यवस्था समेत गरेको छ ।
FACEBOOK COMMENTS