काठमाडौं । ओरियन्टल इन्सुरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा ४० करोड १ लाख रुपैयाँ नाफा कमाएको छ । खुद नाफा अघिल्लो वर्षको तुलनामा ३७ दशमलव ५९ प्रतिशत ले धेरै रहेको छ । अघिल्लो वर्ष इन्सुरेन्सले २९ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यसको बिमा कोषको आकार पनि १ अर्ब १५ करोड रुपैयाँबाट बढेर १ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ ।
कम्पनीको खुद बिमा शुल्क आर्जन पनि ७ दशमलव ५४ प्रतिशत ले बढ्न पुगेको छ । अघिल्लो वर्ष ९० करोड ५६ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको कम्पनीको यो त्रैमासमा बढेर ९७ करोड ४९ लाख रुपैयाँमा झरेको छ । यता, कम्पनीको खुद दाबी भुक्तानी पनि ५७ करोड ६२ लाख रुपैयाँबाट बढेर ५८ करोड ३३ लाख रुपैयाँ कायम भएको छ । हाल ओरियन्टलको जगेडा कोषमा ५१ करोड ७६ लाख रुपैयाँ रहेको छ ।
FACEBOOK COMMENTS