काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीको बेइज्जत गरेर हुर्मत लिनेहरु बाहिरिएपछि पार्टी झनै राम्रो र बलियो भएको बताएका छन्।
देशभरका वडा अधिवेशनलाई शनिबार केन्द्रीय कार्यालय थापाथलीबाट भर्चुअल सम्बोधन गर्दै ओलीले माधव नेपाल र पुष्पकमल दाहालले पार्टी छाडेपछि एमाले थप सशक्त भएर अघि बढेको बताएका हुन्।
‘पार्टीको बेइज्जत गर्नेहरु गइसके, अब पार्टी बलियो भएको छ। शुद्धीकरणले झन् राम्रो भएको छ’, उनले भने, ‘पार्टीलाई सरकारबाट हटाउने खेल गरियो। पार्टीमाथि आन्तरिक र बाह्य साँठगाँठबाट सरकार फेरबदल भयो। अब पार्टी नयाँ ढंगले अघि बढेको छ, झनै बलियो भएको छ।’
सम्बोधनका क्रममा ओलीले लोकतान्त्रिक भनिएको नेपाली कांग्रेसले समेत महाधिवेशन गर्न नसकेको भन्दै त्यस हिसाबले एमाले उन्नत भएको पनि जिकिर गरेका छन्।
FACEBOOK COMMENTS