पोखरा मंसिर ११, विराटनगरको गोल्डेन अस्पतालमा एक बिरामीले आत्महत्या गरेका छन् । धनपालथान गाउँपालिका– १ का ३५ वर्षीय शिवकुमार मण्डलले आत्महत्या गरेका हुन् ।
शुक्रबार बिहान करिब ६ बजे अस्पतालको तेस्रो तलाबाट हामफालेका मण्डलको उपचारका क्रममा बिहान करिब ११ बजे मृत्यु भएको अस्पतालले बताएको छ ।
छारेरोगको उपचारका लागि मण्डल ४ मंसिरमा अस्पताल भर्ना भएकोमा ७ गते अस्पतालले डिस्चार्ज गर्ने निर्णय गरेको थियो । तर, अस्पतालमा उनको बिल तिर्न बाँकी थियो । करिब ३६ हजार खर्च भएकोमा १९ हजार तिर्न नसकेपछि अस्पतालले बन्धक बनाएको र सोही कारण मण्डलले आत्महत्याको बाटो रोजेको मृतकका आफन्त कृष्ण मण्डलको दाबी छ । मृतकको आर्थिक अवस्था निकै कमजोर रहेको उनले बताए ।
अस्पताल प्रशासनले भने घटनामा आफूहरूको कुनै गल्ती नभएको दाबी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले घटनाको अनुसन्धान भइरहेको बताएको छ ।
FACEBOOK COMMENTS