काठमाडौं । सरकारले आज पुस १३ गतेदेखि सुरु गर्ने भनेको फाइजर खोप अभियान तत्कालको लागि स्थगित गरेको छ ।
फाइजर खोपको लागि आवश्यक पर्ने घोलक र फाइजर खोपलाई चाहिँन सिरिन्ज आउन ढिला भएको भन्दै तत्कालका लागि खोप अभियान स्थगित गरेको स्वास्थ्य सेवा विभागले जानकारी गराएको छ ।
विभागका अनुसार घोलक आउनेबित्तिकै खोप अभियान सुरु हुनेछ । अहिले नै कहिलेदेखि खोप अभियान सुरु गर्ने भनेर मिति तोकिएको छैन । विभागका अुनसार बढीमा दश दिनमा अभियान सुरु हुनेछ । खोप अभियानको लागि छ लाख ६४ हजार ६५० मात्रा फाइजर खोप आइसकेको छ ।
फाइजर खोप अभियानको लागि फाइजर कम्पनिले बनाएको ०.३३ एमएमको सिरिन्ज आवश्यक पर्छ । सरकारले पुस १३ (आज) देखि २२ गतेसम्म आठ जिल्लामा फाइजर खोप अभियान सञ्चालन गर्ने जानकारी दिएको थियो । तर यो अभियान १० दिन पर धकेलिएको छ । अब पुस तेस्रो साताबाट सुरु हुने बताइएको छ ।
FACEBOOK COMMENTS