पोखरा मंसिर ७, नेपाल एयरलाइन्सको ट्विन अटर विमान काठमाडौंबाट रुकुमको चौरजहारी पुग्नुपर्नेमा नेपालगञ्ज विमानस्थलमा अतवरण भएपछि यतिबेला पाइटलको व्यवहारका विषयमा प्रश्न उठेको छ ।
काठमाडौंदेखि रुकुमको चौरजहारीका लागि यात्रा तय गरेका यात्रुहरु पाइलटले ड्युटी सकिएको भन्दै नेपालगञ्जमा अवतरण गराएपछि पाइलटको आलोचना भएको छ । पाइलट पेम्बा शेर्पाको ड्यिुटी सोमबार दिउँसो ४ बजेसम्मका लागि थियो । काठमाडौंबाट रुकुमका लागि विमान उडान गरेका शेर्पाले नेपालगञ्ज माथि पुग्दा ४ बजिसकेको थियो । उनले आफ्नो ड्युटी सकिएको भन्दै यात्रुलाई नेपालगञ्ज विमानस्थलमै अवतरण गराएका थिए ।
यस विषयमा नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीले उक्त घटना भएको स्वीकार गर्दै पाइलटलाई सामान्य सोधपुछ मात्रै हुने बताए । ‘घटना भएको हो, ठूलो घटना होइन, पाइलटलाई सामान्य सोधपुछ हुन्छ,’ उनले भने । पाइलटले ड्युटी आवर सकिएकाले सामान्य घटना घटेको उनको भनाइ छ ।
FACEBOOK COMMENTS