काठमाडौँ । नेपाली बजारमा आज (मङ्गलबार) सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६९ हजार नौ सय रुपैयाँ कायम भएको छ ।
यो मूल्य अघिल्लो दिन (सोमबार) को तुलनामा प्रतितोला पाँच सय रुपैयाँले कम हो ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार चार सय रुपैयाँ थियो । उक्त दिन सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको थियो ।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ७० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन स्थिर रहेर प्रतितोला एक हजार नौ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १५ रुपैयाँले घटेको हो ।
FACEBOOK COMMENTS