काठमाडौँ । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य घटेको छ ।
अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार प्रतितोला एक हजार रुपैयाँले घटेको सुनको मूल्य आज प्रतितोला नौ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ ।
आज चाँदी प्रतितोला एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार चाँदी प्रतितोला एक हजार नौ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ कम हो ।
FACEBOOK COMMENTS