काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुन-चाँदीको मूल्य घटेको छ । अघिल्लो दिन (बिहीबार) प्रतितोला दुई सय रूपैयाँले घटेको सुनको मूल्य शुक्रबार प्रतितोला दुई हजार दुई सय रूपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६८ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय ४५ रूपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ कम हो ।
FACEBOOK COMMENTS