काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्उ बढेको छ ।
मंगलबार प्रतितोला एक हजार एक सय रूपैयाँले बढेको सुनको मूल्य बुधबार थप एक हजार नौ सय रूपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६० हजार रूपैयाँ कायम भएको छ ।
यसअघि मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५८ हजार एक सय रूपैयाँमा किनबेच भएको थियो ।
यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला एक हजार आठ सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ ।
मंगलबार चाँदी एक हजार आठ सय ७५ रूपैयाँमा किनबेच भएको थियो । मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला २० रूपैयाँले बढेको हो ।
FACEBOOK COMMENTS