काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) सुन–चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला एक हजार ३०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको छापावाल सुन प्रतितोला एक लाख ७३ हजार ५०० रुपैयाँमा खरिद–बिक्री भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयााले बढेको छ । आज चाँदी प्रतितोला दुई हजार २० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँमा खरिद–बिक्री भएको थियो ।
FACEBOOK COMMENTS